एकसय बेडका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने काठमाडौं। एकसय बेड भएकाले अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेका मन्त्रिस्तरीय बैठकले एकसय बेडभन्दा माथिका अस्पतालले १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी स्वास्थ्य मन्त्रालयमा पठाउन अनुरोध गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्