कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्