सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्