सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड-१९ सेवा केन्द्र सञ्चालन गरिने काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना एक महिनाभित्रै गरिने घोषणा गरेका छन्। आफ्नो गाडी (जीप)लाई फिर्ता नहुने गरी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने जनाउँदै उनले भने, “सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटर र निकट भविष्यमा पीसीआरको व्यवस्था हुनेछ। कोभिड–१९ नियन्त्रणमा आएपछि यो केन्द्र सरुवारोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुनेछ।” (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्