बाँकेमा ११ जना कोरोना संक्रमितको मृत्‍यु बाँके। पछिल्लो १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले बताए। मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक/एक जना सल्‍यान र कैलालीका छन्। उनीहरूको भेरी अस्पताल र नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। बाँकेमा अहिलेसम्म ३५५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्