अक्सिजन अभाव भएपछि कोभिडका बिरामी नै डिस्चार्ज काठमाडौं। नेपाल मेडिकल कलेजले कोभिड–१९ का बिरामी डिस्चार्ज गर्न थालेको छ। कलेजलाई अक्सिजन आपूर्ति गर्दै आएको सोपान फर्मासिटिकल्सको मेशिन बिग्रिएपछि बिरामीलाई नै डिस्चार्ज गरेको हो। आपूर्तिकर्ताको मेशिन बिग्रिएपछि कलेजमा हिजै दिउँसो ४ बजेदेखि अक्सिजन सकिएको थियो। अन्य उद्योगबाट अक्सिजन ल्याउने प्रयास गरेपनि नपाएपछि बिरामीलाई अन्यत्रै जान भन्दै डिस्चार्ज गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्