कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर धादिङ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्