काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित ४० हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ४०,२२२ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २९,१४४, ललितपुरमा ६,५५९ र भक्तपुरमा ४,५१९ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,५०,५५०, ललितपुरमा २५,३९८ र भक्तपुरमा १४,९९४ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ९१३, २५३ र १८८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,२०,४९३, ललितपुरमा १८,५८३ र भक्तपुरमा १०,२८७ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्