काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। कोरोना संक्रमणको चापलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका वीर, पाटन, टेकू लगायतका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताए। निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्