स्वास्थ्यमन्त्रीले गरे स्वास्थ्य संकटकाल लगाउने संकेत काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी नियन्त्रणका लागि नयाँ कदमको आवश्यकता रहेको बताएका छन्। अहिलेको नियन्त्रणका प्रयास पर्याप्त नभएको भन्दै अब नयाँ कदम चालेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए। आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘अब हामीले नयाँ कदम या देशभर लकडाउन वा स्वास्थ्य संकटकाल लगाउनुको विकल्प छैन्। सरकारले यसबारे चाँडै निर्णय गर्नुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्