अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्