काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गते राती १२ बजेदेखि लागू हुने गरी १५ दिनका लागि थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुलीले संक्रमण नघटेको भन्दै१५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए। अबको निषेधाज्ञामा अझै कडाई गरिने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्