अक्सिजन उद्योगमा फोन गरेर भन्छन्– मेरो मान्छे बचाइदिनुहोस् काठमाडौं। अक्सिजन उत्पादन गर्ने उद्योगहरुमा दैनिक सयौंको संख्यामा फोन आउन थालेको छ। अक्सिजन उत्पादक उद्योग संघका उपाध्यक्ष वसन्त मरहट्ठाले अक्सिजन दिएर आफ्नो मान्छेलाई बचाइदिन भन्दै सयौंको फोन आउने बताए। भने, “सामाजिक सञ्जालमा अक्सिजन उद्योगको नम्बर भनेर राखिएको रहेछ। त्यो हजारौं पटक सेयर भएछ।” सोही नम्बरमा फोन गरेर र उद्योगमै पुगेर रुँदै अक्सिजन माग्नेहरु धेरै भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्