किन रोकियो टेकू अस्पतालमा पीसीआर परीक्षण? काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण रोकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि बाहिरबाट आउने ‘एक्सपान्सन किट’ अभाव भएकाले तत्काललाई परीक्षण बन्द गरिएको बताए। निषेधाज्ञाका कारण बाहिरबाट सामाग्री आउन नसकेको भन्दै उनले केहीदिनमा आउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्