लम्जुङमा आज रातीबाट निषेधाज्ञा जारी काठमाडौं। स्थानीय प्रशासनले लम्जुङमा आज राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साताको लागि जारी गरिएको हो। लम्जुङमा जेठ ३ गते राती १२ बजेसम्म निषेधाज्ञा रहने गृह मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि लम्जुङमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन अन्यलाई निषेध गरिएको छ। आजसम्म देशका ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्