प्रहरीको सक्रियतामा अक्सिजन सिलिन्डर संकलन गरी कोभिड अस्पताललाई उपलब्ध काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म संकलन गरिएका दुईहजार७८१ वटा अक्सिजन सिलिन्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ। तीमध्ये नौसयवटा सिलिन्डर अस्पताललाई र एकहजार८८१ वटा सिलिन्डर अक्सिजन उद्योगलाई उपलब्ध गराइएको हो। आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका अक्सिजन प्रहरीले संकलन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्