खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)ले ईटहरीस्थित प्रदेश नम्बर एक क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको स्थाई कमिटी सदस्य सुरेश कार्कीले बताए। महासंघका उपाध्यक्ष तथा कोभिड–१९ राष्ट्रिय अभियानका संयोजक परशुराम बस्नेतले दुई हजार २५० थान मास्क, १० लिटर स्यानिटाईजर र केही दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन्। महामारी रोकथामका लागि अन्य क्षेत्रमा सहयोग गरेको कार्कीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्