ओम अस्पतालमा अक्सिजन अभाव, उपचारमा कठिनाई काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरले अक्सिजन अपर्याप्त भएको जनाउँदै नयाँ बिरामी भर्ना लिन असमर्थ जनाएको छ। अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायतका मानव संशाधन पर्याप्त हुँदाहुँदै अक्सिजनको अभाव हुँदा नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न नसकिएको जनाएको हो। अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत सञ्चालन गर्ने अस्पतालले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्