अक्सिजनका लागि भारतले गुहार्याे ओपेक एजेन्सी। अक्सिजनको चरम संकट भोगिरहेको भारतले त्यसका निम्ति ओपेकलाई गुहारेको छ। भारतले विशेष गरी साउदी अरब, यूएई र कुवेतसँग अक्सिजन सहयोग मागेको हो। चिकित्सकीय अक्सिजन अभाव पूर्ति गर्न परम्परागत इन्धन आपूर्तिकर्तासँग सहयोग मागिएको तेलमन्त्री धर्मेन्द्र प्रधानले बताए। साउदी अरब, यूएई, कुवेत, कतार तथा बहराइनसँग कुरा गरिएको उनले जानकारी दिए। भारतमा कोरोना संकट अनियन्त्रित बनेसँगै अक्सिजन अभाव हुन गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्