भारतमा अब पर्याप्त रेमडिसिभिर एजेन्सी। कोरोनाविरुद्ध उपयोगीसिद्ध ‘रेमडिसिभिर’ अब भारतमा अभाव नहुने भएको छ। अब त्यहाँ यो औषधि प्रतिमहिना एक करोड तीन लाख सिसी उत्पादन हुन थालेको छ। यसअघि मासिक ३८ लाख सिसी उत्पादन हुन्थ्यो। सरकारले मे १६ सम्मका लागि आवश्यक रेमडिसिभिर सबै राज्यलाई बाँडिसकेको बताएको छ। भारतमा कोरोना अनियन्त्रित बन्दै गएपछि रेमडिसिभिर अभाव हुन थालेको थियो। भारतमा यो औषधि ६ वटा कम्पनीले बनाउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्