उद्योग मन्त्रालयद्वारा अक्सिजन उद्योगको अनुगमन काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौं उपत्यकाका अक्सिजन उद्योगको अनुगमन गरेको छ। कोरोनाको दोस्रो लहर फैलिएसँगै मन्त्रालयले उद्योगको स्थिति बुझ्न फिल्डमै गएर अनुगमन गरेको हो। हाल उपत्यकामा ११ वटा अक्सिजन उद्योग सञ्चालनमा छन्। यसै गरी, मन्त्रालयको टोलीले अक्सिजन सिलिन्डरको अवस्था बुझ्न बजार अनुगमन पनि गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्