सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो। सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले बताइन्। यस अघि ८ जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्