टोखा नगरपालिकामा १५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा काठमाडौं। टोखा नगरपालिकामा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो। नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरेको बताएइन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्