७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा जारी काठमाडौं। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले बिहीबार बेलुकीसम्म ती जिल्लामा निषेधाज्ञा जारी गरेका हुन्। निषेधाज्ञा जारी भएका जिल्लामध्ये १७ जिल्लामा आंशिक र ४३ जिल्ला पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी भएका स्थानमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन चल्न दिइएको छैन। मानिसहरुको आवतजावतमा पनि कडाइ गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्