खोप प्रकरणबारे सरकारलाई विवेकशील साझाको ४ प्रश्न काठमाडौं। भारत र अन्य मुलुकबाट कोरोना खोप खरिद प्रक्रियामा भएको अवरोध तथा अलमल सम्बन्धमा विवेकशील साझा पार्टीले आज विज्ञप्ति जारी गरी गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा विवेकशीलको प्रश्न छ- खरिद प्रक्रियामा अवरोध गर्ने व्यापारीमाथि किन कारबाही गरिएन? व्यापारीहरू सरकारबाट संरक्षित छैनन् र? अन्यत्रबाट खोप ल्याउन कसले अवरोध गर्‍यो? र बाँकी खोप ल्याउन सरकारले हालसम्म के गरेको छ?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्