प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डरर संकलन ललितपुर। ललितपुरका विभिन्न स्थानमा रहेका प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय गराइ तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्