बेलझुण्डी अस्पतालमा शैय्या थपिए काठमाडाैं। कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शैय्या सञ्चालनमा आएको छ। अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार यसअघि ४२ शैय्या सञ्चालनमा थिए। शय्या थपिएसँगै अहिले ५७ जना बिरामीलाई राखिएको छ। शैय्या थपिए पनि अक्सिजन सिलिण्डर नथपिएपछि समस्या हुने गरेको ओलीले दुखेसो पोखे। दाङको घोराहीस्थित अक्सिजन उद्योग पुनः सञ्चालनमा आएपछि जिल्लाबाटै अक्सिजन आपूर्ति हुने अपेक्षा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्