भारतमा लगातार दोस्रो दिन ४ लाखभन्दा बढी नयाँ संक्रमित एजेन्सी। कोरोना भाइरसको संक्रमण तीव्र बनेको भारतमा लगातार दोस्रो दिन चार लाखभन्दा बढी संक्रमित भेटिएका छन्।पछिल्लो २४ घन्टामा भारतमा चार लाख १४ हजार ४३३ जना संक्रमित थपिएका छन् भने ३ हजार ९२७ जनाको मृत्यु भएको छ। पछिल्लो १० दिनमा मात्रै भारतमा ३६ हजार ११० जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट १० दिनमा कुनै पनि देशमा भएको यो सर्वाधिक मृत्यु हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्