थप ४ हजार भाइल 'रेम्डेसिभिर' काठमाडौं आइपुग्यो काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि 'रेम्डेसिभिर' को थप चार हजार भाइल काठमाडौ आइपुगेको छ। आयान हेल्थकेयर प्रालिले इन्सेक्ट्रा बंगलादेशबाट आज चार हजार भाइल रेम्डेसिभिर ल्याएर विभिन्न अस्पताललाई वितरण गरेको हो। औषधि व्यवस्था विभागले सात हजार भाइल औषधि ल्याउन दुई कम्पनीलाई अनुमति दिएको थियो। मंगलबार मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्