भारतबाट लिक्विड अक्सिजन आयातको कूटनीतिक पहल गर्न परराष्ट्रलाई निर्देशन काठमाडौं।कोरोना भाइरस संक्रमित र अन्य बिरामीको उपचारमा अस्पतालहरुमा अक्सिजन अभाव भएपछि सरकारले भारतबाट लिक्विड अक्सिजन आयात गर्ने प्रक्रिया सुरु गर्न परराष्ट्र मन्त्रालयलाई भनेको छ। मुख्यसचिव शंकर दास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले भारतबाट लिक्विड अक्सिजन आयात गर्न परराष्ट्रलाई तुरुन्त कूटनीतिक पहल गर्न भनेको हो। उक्त कार्यमा सघाउन उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्