महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाको २० लाख सहयोग कञ्चनपुर। महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाले २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। नगरपालिकाले स्वास्थ्य खरिदका लागि अस्पताललाई आर्थिक सहयोग गरेको हो। अस्पतालले उक्त रकम कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य उपकरण र औषधी किन्न खर्च गर्नेछ। नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा उक्त रकम अस्पताललाई हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्