अस्पतालका अक्सिजन प्लान्टहरु मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने काठमाडौं। मुख्यसचिव शंकर दास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले अस्पतालहरुमा रहेका अक्सिजन प्लान्टहरु आवश्यक मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित अस्पतालहरुलाई निर्देशन दिएको छ। बैठकले यसमा सहयोगी भूमिका निभाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भनेको छ। बैठकले सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्हारका लागि आवश्यक स्रोत उपलब्ध गराउने निर्णय समेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्