स्वास्थ्य मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना काठमाडौं। नेपाल प्रहरीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना गरेको छ। उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउँदै आएको छ। यसका साथै देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा २८ हजार ११६ जना सहभागी भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्