गौर नगरपालिकाका निजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय रौतहट। गौर नगरपालिका र डीसीसीएमसीसँगको मंगलबार भएको बैठकमा नीजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख अजयकुमार गुप्ताले बताए। गौर नगरपालिकामा मंगलबारसम्म ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाले आफ्नै पहलमा कम्तिमा १० वेड क्षमता भएको भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउन लागेको गुप्ताले बताए। आवश्यक परे वेडको संख्या वृद्धि गरिने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्