जानकी मेडिकल कलेजमा आजदेखि कोरोना अस्पताल सञ्चालन काठमाडौं। स्वास्थ्य मन्त्रालय र जानकी मेडिकल कलेजको समन्वयमा आजदेखि जानकी मेडिकल कलेजमा कोरोना अस्पताल सञ्चालनमा आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। जिल्लामा संक्रमितको संख्या ६५० पुगेसँगै मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। जनकपुर उपमहानगरपालिकाले ३७ वेड र प्रदेशिक अस्पतालले ६३ वेड क्षमताको कोभिड अस्पताल निर्माण गरेको छ। मडिपाल मेडिकल कलेजलाई पनि कोरोना अस्पताल बनाउने तयारीमा रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्