अक्सिजन लेभल घटेपछि मदनकृष्ण पुनः अस्पताल भर्ना काठमाडौं। गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका कलाकार मदनकृष्ण श्रेष्ठ अक्सिजन लेभल कम भएपछि पुनः अस्पताल भर्ना भएका छन्। बैशाख ६ गते उनीसहित परिवारका पाँच जना सदस्य कोरोना संक्रमित भएका थिए। होम आइसोलेनसमा बसिरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अहिले फेरी अक्सिजन लेभल कम भएर कमजोरीपना देखिएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्