भारतबाट आउने यात्रुलाई राख्न तोकियो क्वारेन्टाइन काठमाडौं। सरकारले भारतबाट नेपाल आउने यात्रुलाई अनिवार्य १०-दिन क्वारेन्टाइन राख्नलाई आठवटा होटल तोकेको छ। होटललाई क्वारेन्टाइनका रूपमा तोक्दै भारतबाट आउने यात्रुलाई ती होटलमा बस्न भनिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू भृकुटी, माधव होटल, एयरपोर्ट होटल, अमादब्लम होटल, रिडर्स इन, आनन्द आश्रम, फर्म हाउ रिसोर्ट र एवा रिसोर्टलाई क्वारेन्टाइनका रूपमा सूचीकृत गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्