कोभ्याक्स कोरोनाका सबै भेरियन्टमा लाभदायीः अध्ययन एजेन्सी। भारत बायोटकको कोभ्याक्स कोरोनाका सबैखाले भेरियन्ट नियन्त्रणमा लाभदायी रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च तथा भाइरोलोजीको अध्ययनले पुष्टि गरेको छ। कोभ्याक्स भारतीय, ब्राजिली, बेलायतीलगायतका कोरोनाका सबै भेरियन्टमा उपयोग रहेको अध्ययनबाट पत्ता लागेको हो। कुनै एक देशमा देखापरेको कोरोनाको भेरियन्ट सर्वत्र फैलन सक्ने पछिल्लो समय स्पष्ट भइसकेको छ। यस्तो गम्भीर परिस्थितिमा कोभ्याक्सले सम्भावित म्युटेन्ट भाइरस फैलनबाट रोक्नेमा शोधकर्ताहरु विश्वस्त छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्