काठमाडौँ आइपुग्यो ३ हजार भाइल रेम्डेसिभिर, भोलि थप ४ हजार भाइल आउने काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ काठमाडौं आइपुगेको छ। बंगलादेशबाट तीन हजार भाइल रेम्डेसिभर नेपाल आइपुगेको औषधी व्यवस्था विभागले जनाएको छ। थप चार हजार भाइल भोलि आइपुग्ने विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। औषधि आयात गर्ने निजी संस्था हाम्रो मेडिकन्सर्नले बेक्सिम्को बंगलादेशबाट रेम्डेसिभिर आयात गरेको हो। विभिन्न ५३ अस्पताललाई २,४०९ भाइल रेम्डेसिभिर वितरणसमेत गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्