बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा दिने उपमहानगरपालिकाको घोषणा बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो। अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्