पछिल्लो २० दिनमा थपिए करिब १९ प्रतिशत कोरोना संक्रमित
काठमाडौं। नेपालमा रहेका कूल संक्रमितमध्ये करिब १९ प्रतिशत पछिल्लो २० दिनमा थपिएका छन्। सोमबारसम्म नेपालमा कूल ३ लाख ४३ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यीमध्ये पछिल्लो २० दिनमा ६४ हजार १६ जना संक्रमित थपिएका थिए। यो भनेको कूलको १८.६४ प्रतिशत हो। हालसम्म नेपालमा ३ हजार ३६२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्
