गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना काठमाडौं। गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना भएको छ। समानुभूति नेपालले अक्सिजन बैंक स्थापना गरेको हो। अक्सिजन बैंक स्थापनाका लागि हाम्रो सानो प्रयास नेपाल, इन्स्ट्युत फर नेपाल लगायतका संस्थाले सहयोग गरेका छन्। गोकर्णेश्वरको नारायणटारमा स्थापना भएको बैंकमा अक्सिजनको अभाव झेलिरहेका बिरामीले त्यहाँ गएर अक्सिजन लिन सकिने समानुभूति नेपालका अध्यक्ष तुलसी श्रेष्ठले बताए। त्यहाँ बिरामीका लागि अक्सिजन क्यानको समेत व्यवस्था गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्