काठमाडौंबाट लगिएका कोरोना संक्रमितको झापामा मृत्यु काठमाडौं। झापाका एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। उनलाई ६ दिनअघि काठमाडौंको ह्याम्स अस्पतालबाट झापाको बीएण्डसी अस्पताल लगिएको थियो। मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–८ का ७० वर्षीय वृद्ध छन्। उनको सोमबार साँझ मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्