निषेधाज्ञा जारी भएका जिल्ला ४१ पुगेः २९ मा पूर्ण, १२ मा आंशिक काठमाडौं। देशभर कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएका जिल्ला४१ पुगेको छ। तीमध्ये२९ मा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा जारी गरिएको छ। पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुप पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान, उदयपुर, बmझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्