५४ देशमा रहेका ८६ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको जानकारी दिएको छ। यो संख्या नेपालभन्दा बाहिर रहेका संक्रमित नेपालीको हो। संक्रमितमध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्