कोरोनाबाट थप २७ जनाको मृत्यु काठमाडौं। पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२५ पुगेको छ। नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई लाख ८३ हजार ९९४ जना निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्