काठमाडौं उपत्यकामा अब २४ सै घण्टा निःशुल्क एम्बुलेन्स काठमाडौं। काठमाडौं उपत्यकामा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालनमा आएको छ। विभिन्न सामाजिक अभियान्ताहरूको पहलमा कोभिड-१९ संक्रमितलाई बोक्नेगरी एम्बुलेन्स सञ्चालनमा आएको हो। यसका लागि ॐ डेन्टल अस्पताल, पूर्वआईजीपी सर्वेन्द्र खनाल, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, पाइलट विजय लामा, अभिनेता निखिल उप्रेतीलगायतले सहयोग गरेका छन्। एम्बुलेन्सका लागि ९८५१२७७३४२, ९८५१२३९४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्