देशभर ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखियो काठमाडौं। मास्क नलगाइ हिडने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखेर कारबाही गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई मास्क लगाउने सर्तमा छाडिएको छ। त्यस्तै तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरेर छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्