च्यासलमा स्थानीयकै पहलमा अक्सिजनसहितको बेड निर्माण काठमाडौं। कोरोना संक्रमितका लागि अस्पतालमा बेड अभाव भइरहेका बेला च्यासलमा युवाहरूको सक्रियतामा अक्सिजनसहितको बेड निर्माण गरिएको छ। ललितपुरमा च्यासल टोलको गुठी भवनमा च्यासल युवा क्लव, च्यासल मंका खलः र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा आईसीयूसहितको बेड बनाइएको हो। 'अहिले चारवटा बेड बनाएका छौं, १० वटा बनाउने हाम्रो लक्ष्य छ', च्यासल मंका खलःका अध्यक्ष श्याम व्यजनकारले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्