बाँकेमा थप ६ जनाको मृत्यु, मृतकको संख्या २३५ पुग्यो बाँके। कोभिड–१९ संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु भएको छ। जसमा तीन जना बाँकेका र तीन जना बाहिरका छन्। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या २३५ जना पुगेको छ। मर्नेहरूमा ११८ जना बाँकेका र ११७ जना बाहिरी जिल्लाका रहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेले थप बिरामीको उपचार गर्न नसक्ने जनस्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाहले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्